गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १२ गते । पेरुमा कामदार बोकेको बस पानीमा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । तामाको खानी उद्योगमा कार्यरत कामदार चढेको बस पहाडबाट दुर्घटना भई नदीमा खसेको हो ।
पेरुको कोटाबम्बास प्रान्तमा शुक्रबार उक्त दुर्घटना भएको अलजजिराले जनाएको छ । बस पहाडबाट करिब दुई सय मिटर तल झरेको हो । पेरु विश्वको दोस्रो सबैभन्दा बढी तामा उत्पादक राष्ट्र हो ।