logo
२०८१ मंसिर १४ शुक्रवार



‘काबुल विमानस्थलमा अर्को आक्रमणको खतरा’

अन्तर्राष्ट्रिय |


‘काबुल विमानस्थलमा अर्को आक्रमणको खतरा’
तस्विर–रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १३ गते । अमेरिकी राष्ट्रपति जोइ बाइडेनले काबुल विमानस्थलमा अर्को आतङ्ककारी आक्रमणको खतरा रहेको खुलाउनुभएको छ । अमेरिकी सैन्य कमाण्डरले उक्त सूचना दिएको उहाँले प्रष्ट्याउनुभएको छ ।
अमेरिकी स्टेट डिपार्टमेन्टले सबै अमेरिकी नागरिकलाई विमानस्थल नजिकको क्षेत्र छोड्न निर्देशिका जारी गरेको छ । ‘विशेष, लक्षित जोखिम’को अवस्था रहँदा डिपार्टमेन्टले यसप्रकारको चेतावनी जारी गरेको हो । अमेरिकाले अझै अफगानिस्तानस्थित अमेरिकी कुटनीतिज्ञ र अफगान नागरिकलाई पूर्णरुपमा बहिर्गमन अन्त्य गरिसकेको छैन् । यद्यपि ऊ अन्तिम चरणमा रहेको बताइएको छ ।
जोखिमको सूचना आएपछि काबुल विमानस्थलभित्र बहिर्गमन प्रक्रिया केही समयका लागि स्थगित हुँदा बिहीबार प्रवेशद्वारा आत्मघाती आक्रमण भएको थियो । जसमा १३ जना अमेरिकी सेनासहित १७० जनाको मृत्यु भएको थियो । उत्तरी अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेट(खोर्सान)ले उक्त आक्रमणको जिम्मेवारी लिएको थियो ।
करिब पाँच हजार ८०० अमेरिकी सेना विमानस्थलमा परिचालन गरिएकोमा हाल उक्त सङ्ख्या घटेर चार हजारमा झरेको छ । पश्चिमा सुरक्षा अधिकारीले बीबीसीसँगको कुराकानीमा अमेरिकी सेना फिर्ती करिब अन्तिम चरणमा पुगेको बताउनुभएको छ । करिब एक हजार सर्वसाधारणले मात्रै बहिर्गमनका लागि कुरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?