logo
२०८१ मंसिर १४ शुक्रवार



भारतमा ४५ हजार सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा ४५ हजार सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १३ गते । भारतमा गएको चौबीस घण्टामा ४५ जार ८३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ३१ हजार २६५ जना मात्र केरलाका छन् । केरलामा मात्रै गएको चौबीस घण्टामा १५३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
गएको चौबीस घण्टामा ३५ हजार ८४० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड १८ लाख ८८ हजार ६४२ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । भारतमा हाल तीन लाख ६८ हजार ५५८ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा १७ लाख ५५ हजार ३२७ नमूना परीक्षण गरिएको छ । हालसम्म ५१ करोड ८६ लाख ४२ हजार ९२९ नमुना परीक्षण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?