logo
२०८१ मंसिर १४ शुक्रवार



भारतमा ४२ हजार सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा ४२ हजार सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १४ गते । भारतमा गएको चौबीस घण्टामा ४२ हजार ९०९ जना सङ्क्रमितको पहिचान गरिएको छ । थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी केरला राज्यका २९ हजार ८३६ जना छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म तीन करोड २६ लाख ९५ हजार ३० जना सङ्क्रमित भएका छन् । गएको चौबीस घण्टामा ३८० जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म चार लाख ३८ हजार २१० जनाको मृत्यु भएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ । केरलामा मात्रै ७५ जना सङ्क्रमितको मृत्यु भएको हो ।
भारतमा हाल तीन लाख ७६ हजार ३२४ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा ३४ हजार ७६३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड १९ लाख २३ हजार ४०५ जना कोरोनामुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?