गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १४ गते । अमेरिकाको नियन्त्रणमा रहेको काबुल विमानस्थलमा गरिएको रकेट आक्रमणको प्रयास अमेरिकी उपकरणले विफल तुल्याएको छ । अमेरिकाले सोमबार बिहानसम्म पाँच पटक रकेट आक्रमणको प्रयास गरिएपनि सबै विफल तुल्याइएको जनाएको छ ।
अमेरिकी अधिकारीहरुले रोयटर्ससँगको कुराकानीमा आक्रमणमा कुनै क्षति नभएको बताउनुभएको छ । एक सवारीको पछाडिबाट लुकेर रकेट प्रहार गरिएको अफगान सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन् ।
अमेरिकी राष्ट्रपति जोइ बाइडेनले बहिर्गमन प्रक्रिया कुनै अवरोध बिना सक्रिय रुपमा सञ्चालन भइरहेको बताउनुभएको छ । अमेरिकाले तालिबानसँग कतारमा गरेको सम्झौता बमोजिम अमेरिका नेतृत्वको नेटा गठबन्धनको सेना मङ्गलबार ३१ अगष्टसम्म अफगानिस्तान छोडिसक्नुपर्नेछ । उक्त सहमतिलाई मूर्त रप दिन अमेरिकाले बर्हिगमन प्रकृयालाई तीव्रता दिएको छ ।