गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १४ गते । अमेरिकाले गरेको हवाई आक्रमणमा बालबालिकासहित कम्तिमा दश जनाको मृत्यु भएको छ । अफगान सञ्चारमाध्यम टोलो न्यूजका अनुसार अमेरिकाले सम्भाबित इस्लामिक स्टेट(के)लाई लक्षित गरी गरेको हवाई आक्रमणमा बालबालिकासहित दश जनाको मृत्यु भएको जनाएको छ ।
ड्रोन आक्रमणपछि अमेरिकाले काबुल विमानस्थल आक्रमणका योजनाकारमध्येका दुई जना मारिएको बताएको थियो । अमेरिकाले दुबै जना चढेको कारमा ड्रोन हमला गरिएको जनाएको थियो । स्थानीय सञ्चारमाध्यमले उक्त आक्रमणमा दश जनाको मृत्यु भएको जनाएपछि अमेरिकाले घटनाबारे छानबीन गर्ने जनाएको छ ।
त्यसअघि गत् बिहीबार राति काबुल विमानस्थलमा इस्लामिक स्टेट खोरसानले आत्मघाती आक्रमण गर्दा १३ जना अमेरिकी सेनासहित कम्तिमा १७० जनाको मृत्यु भएको थियो ।