logo
२०८१ मंसिर १३ बिहीवार



भारतमा ३० हजार सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा ३० हजार सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १५ गते । भारतमा गएको चौबीस घण्टामा कोरोनाभाइरसका ३० हजार ९४१ जना सङ्क्रमित पुष्टि भएको छ । थपिएका सङ्क्रमितमध्ये केरला राज्यका मात्रै १९ हजार ६२२ जना छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ३५० जना सङ्क्रमितले ज्यान गुमाएका छन् । चौबीस घण्टामा थपिएका मृतकसँगै भारतमा कोरोना सङ्क्रमणबाट हालसम्म ज्यान गुमाउनेको सङ्ख्या चार लाख ३८ हजार ५६० पुगेको छ ।
गएको चौबीस घण्टामा ३६ हजार २७५ सङ्क्रमणमुक्त भएका छन् । हालसम्म तीन करोड १९ लाख ५९ हजार ६८० जना कोरोनामुक्त भएका छन् । भारतमा हाल तीन लाख ७० हजार ६४० जना सक्रिय सङ्क्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?