गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १६ गते । बेलायतमा गएको चौबीस घण्टामा ३२ हजार १८१ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै बेलायतमा कोरोनाका कुल सङ्क्रमित ६७ लाख ८९ हजार ५८१ पुगेको छ ।
बेलायतको स्वास्थ्य निकायले बुधबार जारी गरेको जानकारी अनुसार गएको चौबीस घण्टामा ५० जना सङ्क्रमितको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोना सङ्क्रमणबाट एक लाख ३२ हजार ५३५ जनाले ज्यान गुमाएका छन् ।
विज्ञहरुले बेलायतमा १२ देखि १५ वर्ष उमेर समूहकालाई कोभिड १९ विरुद्धको खोप लगाउने नलगाउने सम्बन्धमा मापदण्ड तय गर्न लागेका छन् । केही राष्ट्रले उक्त उमेर समूहमा समेत कोभिड विरुद्धको खोप लगाउन सुरु गरेका छन् ।