logo
२०८१ मंसिर १३ बिहीवार



अष्ट्रेलियामा एकैदिन एक हजार ४७७ सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


अष्ट्रेलियामा एकैदिन एक हजार ४७७ सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १७ गते । अष्ट्रेलियामा बुधबार चौबीस घण्टामा एक हजार ४७७ जना नयाँ सङ्क्रमित थपिएका छन् । अष्ट्रेलिया हाल कोभिड १९ को तेस्रो लहरको सामना गर्दैछ । थपिएका सङ्क्रमितसँगै अष्ट्रेलियामा कोरोनाका सक्रिय सङ्क्रमित २१ हजार पुगेको छ ।
अष्ट्रेलियामा हालसम्म दुई करोड ब्यक्तिमा कोभिड १९ विरुद्धको खोप लगाइएको छ । स्वास्थ्यमन्त्री ग्रेग हन्टले १६ वर्ष र माथिका ३६.४ प्रतिशत ब्यक्तिले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाइसकेको बताउनुभएको छ । अष्ट्रेलियामा नयाँ थपिने सङ्क्रमितको सङ्ख्या बढिरहँदा प्रमुख मेडिकल अधिकृत पौल केलीले भने अष्ट्रेलियाले भाइरससँगै बाँच्न सिक्नुपर्ने प्रतिक्रिया दिनुभएको छ । “अबको केही समयका लागि भन्दाभन्दै हामी अहिलेको चरणमा आइपुगेका छौं, तसर्थ अब भाइरससँग बाँच्न सिक्नुपर्ने सुरुवात गर्नुपर्छ ।”–उहाँले बताउनुभयो ।
थपिएका सङ्क्रमितमध्ये एक हजार २८८ जना न्यू साउथ वेल्सका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?