logo
२०८१ मंसिर १३ बिहीवार



तालिबानका सह संस्थापक मूल्लाह बरादरले सरकारको नेतृत्व गर्नुहुने

अन्तर्राष्ट्रिय |


तालिबानका सह संस्थापक मूल्लाह बरादरले सरकारको नेतृत्व गर्नुहुने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । तालिबानका सह संस्थापक मूल्लाह बरादरले अफगानिस्तानमा सरकारको नेतृत्व गर्नुहुने भएको छ । यअसघि तालिबानले हैबतुल्लाह अखुन्जादाले सरकारको नेतृत्व गर्नुहुने घोषणा गरेको थियो । स्रोतका अनुसार उहाँले धार्मिक विषयवस्तुसँगै इस्लामको ढाँचामा रहेर सत्ता सञ्चालन भए नभएको हेर्नुहुनेछ ।
समाचार संस्था एएनआईका अनुसार दोहामा तालिबानको राजनीतिक कार्यालयको नेतृत्व गर्नुभएका बरादरसँगै मूल्लाह मोहम्मद याकूब समेत सरकारमा सहभागी हुनुहुनेछ । याकूब तालिबानका सह संस्थापक मूल्लाह ओमारका छोरा हुन । समाचार संस्था एएनआइका अनुसार उहाँलाई दोहामा तालिबानको राजनीतिक कार्यालयको उपप्रमुख समेत रहनुभएका शेर मोहम्मद अब्बास स्तानेकजैलाई मन्त्रीपरिषद्को वरिष्ठ सदस्यको जिम्मेवारी दिइनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?