logo
२०८१ मंसिर १३ बिहीवार



चीनमा ‘एन्थ्रेक्स’बाट एक युवाको मृत्यु

अन्तर्राष्ट्रिय |


चीनमा ‘एन्थ्रेक्स’बाट एक युवाको मृत्यु
तस्विर–प्रतिनिधि


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १८ गते । चीनमा ‘एन्थ्रेक्स’बाट एक १४ वर्षीय युवाको मृत्यु भएको छ । सेजिन ग्लोबलका अनुसार शान्डङ्ग प्रान्तमा मृत्युको घटना दत्र्ता गरिएको छ ।
एएनआईका अनुसार चीनको रोग नियन्त्रण तथा उन्मूलन केन्द्रले १४ वर्षीय छात्रको मृत्यु हुनुअघि एक जना युवाले समेत एन्थ्रेक्सको चपेटामा परेका उल्लेख गरेको छ । चीनको सीडीसीले साप्ताहिक रुपमा प्रकाशित गर्दै आएको बुलेटिनमा एन्थ्रेक्सबाट सङ्क्रमित ब्यक्तिको गत् अगष्ट छ मा मृत्यु भएको हो । ज्वरो आउने तथा मूर्छित हुने लक्षण देखिएकोमा उपचारको क्रममा उहाँको निधन भएको हो ।
कसाइको काम गर्ने एक ३५ वर्षीय युवामा समेत एन्थ्रेक्स देखिएको र उहाँलाई अलग्याएर उपचार भइरहेको सेजिनले उल्लेख गरेको छ ।
जमीनमा पाइने ‘बेसिलस एन्थ्रासिस’ ब्याक्टेरिया गाईवस्तुमा पुगेपछि सम्पर्कमा आउने ब्यक्तिमा एन्थ्रेक्सको सङ्क्रमण हुने गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?