logo
२०८१ मंसिर १३ बिहीवार



तालिबान नेताले दोहामा पाकिस्तानी अधिकारीसँग भेटवार्ता गरे

अन्तर्राष्ट्रिय |


तालिबान नेताले दोहामा पाकिस्तानी अधिकारीसँग भेटवार्ता गरे
तस्विर-एएनआई


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १९ गते । तालिबानका वरिष्ठ नेताले कतारको दोहामा पाकिस्तानका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका छन् । दोहास्थित तालिबानको राजनीतिक कार्यालयका उपप्रमुख शेर मोहम्मद अब्बास स्तानेकजै नेतृत्वको टोलिले पाकिस्तान दूताबासका कुटनीतिज्ञहरुसँग छलफल गरेको हो ।
तालिबानका प्रवक्ता सुहैल शाहीनले पाकिस्तानी अधिकारीहरुसँग मानवीय सहयोग र सीमा क्षेत्रमा सर्वसाधारणको चहलपहललाई प्रोत्साहित गर्ने विषयमा छलफल भएको बताउनुभएको छ । छलफलमा अफगानिस्तानको वर्तमान अवस्थाबारे समेत कुराकानी भएको छ । शाहीनले ट्वीटमा लेख्नुभएको छ, “दुबै पक्षले अफगानको स्थिति, मानवीय सहयोग द्विपक्षीय सम्बन्ध र आपसी हितबारे छलफल गरेको छ ।”
तालिबानको काबुल नियन्त्रणपछि बढ्दो शरणार्थी, सर्वसाधारणको पलायनका बीच दुबै देशका अधिकारीहरुबीच छलफल भएको हो । साताको सुरुवातमा पाकिस्तानले सुरक्षाको कारण देखाउँदै अफगानसँग जोडिएको चमन सीमा बन्द गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?