गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १९ गते । उत्तर पश्चिमी चीनको पिशान काउन्टिको सिञ्ज्याङ्गमा भूकम्प गएको छ । शनिबार बिहान ५.१ रिक्टेर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार जमीनबाट सात किलोमिटर मुनि भूकम्पको गहिराइ मापन गरिएको छ । भूकम्प जानु अघि कश्गर र होटन क्षेत्रमा सामान्य धक्का महसुस गरिएको थियो । हालसम्म भूकम्पको कुनै मानवीय वा भौतिक क्षति दत्र्ता नगरिएको बताइएको छ ।
भूकम्पको उद्गमस्थलमा उद्धारका लागि ३७ वटा सबारी साधन र १४१ अग्नि नियन्त्रक परिचालन गरिएको छ ।