गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १९ गते । पाकिस्तान प्रहरीले सिन्ध प्रान्तमा सम्भावित आतङ्ककारी आक्रमणको चेतावनी दिएको छ । प्रतिआतङ्वाद निकायले विभिन्न समूहसँग गरेको अनुसन्धानबाट आक्रमण हुन सक्ने खुलेको बताइएको छ ।
सिन्ध प्रान्तका प्रहरी प्रमुख मुस्ताक अहमद महरले एक परिपत्र गर्नुहुँदै सेप्टेम्बर चारदेखि सातभित्र आतङ्ककारी आक्रमण हुन सक्ने उल्लेख गर्नुभएको छ । सर्वसाधारणलाई त्रसित बनाउन ‘हयाण्ड ग्रिनेड’बाट आक्रमण हुन सक्ने प्रहरीले चेताएको छ । द न्युजले प्रान्तीय प्रहरी प्रमुखले सार्वजनिक स्थलमा सुरक्षा गतिबिधि र निगरानी बढाउन मातहातका अधिकारीलाई निर्देशन दिएको उल्लेख गरेको छ ।