logo
२०८१ मंसिर १३ बिहीवार



काबुलमा गोली प्रहार, १७ जनाको मृत्यु, ४१ घाइते

अन्तर्राष्ट्रिय |


काबुलमा गोली प्रहार, १७ जनाको मृत्यु, ४१ घाइते
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १९ गते । अफगानिस्तानको राजधानी काबुलमा गोली प्रहारको घटनामा कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४१ जना घाइते भएका छन् ।
टोलो न्यूजका अनुसार शुक्रबार राति उक्त घटना भएको हो । पञ्जशीर उपत्यका नियन्त्रणमा लिने क्रममा तालिबान र अवरोधक समूहबीच गत् तीन दिनदेखि भीषण संघर्ष भइरहेको छ । तालिबानले पञ्जशीर कब्जामा लिएको खबर आए लगत्तै काबुलको आकाशमा उत्सव मनाउन गरिएको गोली प्रहारको क्रममा १७ जनाको मृत्यु भएको छ । आकस्मिक अस्पताल लगिएकामध्ये १७ जनाको मृत्यु भएको र ४१ जना घाइते भएको टोलो न्यूजले उल्लेख गरेको छ ।
पञ्जशीर उपत्यका कब्जामा लिनबाट रोक्दै आएको अहमद मस्सौदले भने पाकिस्तानको सञ्चारमाध्यमले पञ्जशीर तालिबानले कब्जा गरेको भ्रमणपूर्ण अफवाह फैलाएको भन्दै आलोचना गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?