logo
२०८१ मंसिर १३ बिहीवार



चार जना इरानी गुप्तचरमाथि अमेरिकाको प्रतिबन्ध

अन्तर्राष्ट्रिय |


चार जना इरानी गुप्तचरमाथि अमेरिकाको प्रतिबन्ध
तस्विर–रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १९ गते । संयुक्त राज्य अमेरिकाले इरानका चार जना गुप्तचर अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । इरानी–अमेरिकी पत्रकारको अपहरणको प्रयास मामिलामा उक्त प्रतिबन्ध लगाइएको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ ।
अमेरिकामा बस्दै आउनुभएका एक जना इरान मूलका पत्रकार मासिह अलिनेजादले इरानमा मानव अधिकारको अवस्था सम्बन्धमा इरान सरकारको आलोचना गर्दै आउनुभएको थियो । ‘भ्वाइस अफ अमेरिका’का लागि पर्सियन भाषा सेवामा कार्यरत उहाँलाई इरानी गुप्तचर निकायले निगरानीमा राखेको थियो । उहाँ अमेरिकामा कार्यरत हुनुहुन्छ ।
अमेरिकी कोष विभागले इरानी–अमेरिकी पत्रकारलाई लक्षित गरी अपहरणको योजना बुनेका गुप्तचर अधिकारीअ लिरेजा शाहभरोघी फरहानी नेतृत्वको चारजनामाथि प्रतिबन्ध लगाएको उल्लेख गरेको छ । पत्रकार अलिनेजादलाई गत् जुलाइ महिनामा अमेरिकामै अपहरणको प्रयास गरिएको थियो ।
विभागले न्युर्योकमा रहनुभएका पत्रकारमाथि जासूस लगाएको र इरानबाट अमेरिकामा जासूसलाई भुक्तानी दिइएको दाबी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?