logo
२०८१ मंसिर १३ बिहीवार



१३ औं ब्रिक्स सम्मेलन यसै साता हुने

अन्तर्राष्ट्रिय |


१३ औं ब्रिक्स सम्मेलन यसै साता हुने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २१ गते । १३ औं ब्रिक्स(ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) सम्मेलन यसै साता हुने भएको छ । ब्रिक्सको १३ औं सम्मेलनको भारतले अध्यक्षता गर्नेछ ।
समाचार संस्था एएनआईले ब्रिक्स सम्मेलन आगामी बिहीबार आयोजना गर्ने तयारी भएको उल्लेख गरेको छ । यसअघि भारतले सन् २०१२ र २०१६ मा ब्रिक्स सम्मेलन आयोजना गरेको थियो । सन् २०२० को ब्रिक्स सम्मेलन रुसले आयोजना गरेको थियो । उक्त सम्मेलन कोभिड १९ को प्रभाबले ‘भर्चुअली’ मात्रै सम्भब भएको थियो ।
गलवान उपत्यकामा भारत र चीनका सेनाबीच द्वन्द भए यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङ एकै मञ्चमा आउन लाग्नुभएको यो पहिलो अबसर हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?