logo
२०८१ मंसिर १३ बिहीवार



अमेरिकी सेनाका पूर्ब ‘स्नाइपर’ले चार जनाको हत्या गरे

अन्तर्राष्ट्रिय |


अमेरिकी सेनाका पूर्ब ‘स्नाइपर’ले चार जनाको हत्या गरे
तस्विर–एएफपी


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २१ गते । अमेरिकी सेनाको पूर्ब ‘स्नाइपर’(लुकेर गोली हान्ने ब्यक्ति)ले अमेरिकाको मध्य फ्लोरिडामा चार जनाको गोली हानेर हत्या गरेको छ । मृत्यु हुनेमा एक जना महिला र काखमै रहेको उहाँकी तीन महिनाका छोरा समेत रहेको अलजजिराले उल्लेख गरेको छ । उहाँले द्वन्दको क्रममा अमेरिकी सेनाका लागि इराक र अफगानिस्तानमा समेत काम गरेको बताइएको छ।
घटनापछि प्रहरी समक्ष आत्मसमपर्ण गर्नुभएका ब्यक्ति ३३ वर्षीय ब्रायन रिले रहेको बताइएको छ । उक्त घटनामै सात गोली लागेको एक जना ११ वर्षीय बालिकाको उपचारकै क्रममा भर्ना गरिएको छ । पोल्क काउन्टिका शेरिफ ग्रेडी जडले आइतबार पत्रकार सम्मेलनको क्रममा पीडित परिवारसँग कुनै सम्बन्ध नरहेको रिलेले आत्मसमपर्ण अघि प्रहरीसँग ठूलो मुठभेड गर्नुभएको थियो । पछि उहाँले प्रहरी अधिकारीको हतियार खोस्न खोज्नुभएको थियो । आफ्नो गोलीको प्रहारले घाइते हुनुभएका उहाँलाई समेत उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
रिलेकी केटीसाथीले भने उहाँ ‘डिप्रेसन’मा गएको र मानसिक रुपमा अस्वथ्य भएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?