logo
२०८१ मंसिर १३ बिहीवार



पाकिस्तानमा एकैदिन ९८ सङ्क्रमितको मृत्यु

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा एकैदिन ९८ सङ्क्रमितको मृत्यु
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । पाकिस्तानमा गएको चौबीस घण्टामा ९८ जना सङ्क्रमितको मृत्यु भएको छ । पाकिस्तानको ‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर’का अनुसार गएको चौबीस घण्टामा तीन हजार ३१६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।
एनसीओसीले गएको चौबीस घण्टामा ५२ हजार ३१४ नमुना परीक्षण गरिएको जनाएको छ । पाकिस्तानमा दैनिक सङ्क्रमित हुने दर प्रति एक सय नमुना परीक्षणमा छ.३२ रहेको छ । गएको चौबीस घण्टामा पाकिस्तानमा तीन हजार २७० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दश लाख ६७ हजार ५८९ जना कोरोनामुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?