गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । भारतमा गएको चौबीस घण्टामा ३७ हजार ८७५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएकामध्ये २५ हजार ७७२ जना सङ्क्रमित केरला राज्यका छन् । भारतमा हाल तीन लाख ९१ हजार २५६ जना सक्रिय सङ्क्रमित छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड ३० लाख ९६ हजार ७१८ जना पुगेको छ । गएको चौबीस घण्टामा ३९ हजार ११४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड २२ लाख ६४ हजार ५१ जना कोरोनामुक्त भएका छन् ।
भारतमा गएको चौबीस घण्टामा ७८ लाख ४७ हजार ६२५ डोज खोप लगाइएको छ । हालसम्म ७० करोड ७५ लाख ४३ हजार १८ डोज कोभिड १९ विरुद्धको खोप लगाइएको छ ।