गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । इरानमा एकैदिन २६ हजार ८५४ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमितको पुष्टि भएको छ । इरानमा हालसम्म ५२ लाख १० हजार ९७८ जना सङ्क्रमित भएका छन् ।
इरानको स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ५३८ जना सङ्क्रमितको ज्यान गएको छ । हालसम्म एक लाख १२ हजार ४३० जना सङ्क्रमितको कोरोनाले ज्यान गएको हो । हालसम्म ४४ लाख ५३ हजार ६५१ जना सङ्क्रमित कोरोनामुक्त छन् । हाल सात हजार ५३४ जना सघन उपचार कक्षमा उपचारार्थ छन् ।
बुधबारसम्म कम्तिमा दुई करोड पाँच लाख ५८ हजार ३८ जनाले कोभिड बिरुद्धको एक डोज खोप लिएका छन् ।