गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । भारतमा गएको चौबीस घण्टामा ३४ हजार ९७३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका नयाँ सङ्क्रमितमध्ये केरला राज्यका मात्रै २६ हजार २०० छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड ३१ लाख ७४ हजार ९५४ पुगेको छ । भारतमा हाल तीन लाख ९० हजार ६४६ सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा ३७ हजार ६८१ जना कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड २३ लाख ४२ हजार २९९ जना कोरोनामुक्त भएका हुन ।
भारतमा गएको चौबीस घण्टामा २६० जना सङ्क्रमितले ज्यान गुमाएका छन् । जसमध्ये ११४ जना केरलाका छन् । हालसम्म कोरोना सङ्क्रमणले भारतमा चार लाख ४२ हजार नौ जनाको मृत्यु भएको छ ।