गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २५ गते । पाकिस्तानको राजधानी इस्लामावादमा ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । पाकिस्तानको राष्ट्रिय भूकम्प मापन केन्द्रले राजधानी इस्लामावादमा भूकम्प गएको जनाएको छ ।
केन्द्रका अनुसार बिहान ११ बजे अघिसम्म भूकम्पको तीन पराकम्पन्न महसुस गरिएको छ । बिहान दश बजेर ५२ मिनेटमा १७८ किलोमिटर गहिराइमा पहिलो पराकम्पन्न गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन ।