गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । इटालीको एक टापूमा गएको समुद्री आँधीमा दुई जनाको मृत्यु भएको छ । अन्य नौ जना घाइते भएका छन् । घाइतेमध्येका चारजनाको गम्भिर अवस्थामा उपचार भइरहेको छ ।
बीबीसीका अनुसार मृत्यु हुनेमा एक जना अग्नि नियन्त्रक र अर्को एकजना ८६ वर्षीय वृद्ध रहेको जनाएको छ । दुबै जना कारमा गइरहँदा टोर्नेडोको चपेटामा परेको जनाइएको छ । भूमध्य सागरको पेन्टेलेरिया टापु ज्वालामुखी पहाडको रुपमा परिचित छ । उक्त टापुमै टोर्नेडो गएको जनाइएको छ ।