logo
२०८१ मंसिर १३ बिहीवार



‘महिलाले पढ्न पाउँछन् तर छुट्टै विद्यालय र विश्वविद्यालयमा’

अन्तर्राष्ट्रिय |


‘महिलाले पढ्न पाउँछन् तर छुट्टै विद्यालय र विश्वविद्यालयमा’
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २७ गते । अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारले महिलाले अलग्गै विद्यालय र विश्वविद्यालयमा पढन पाउने बताएको छ । तर अनुहार छोपेर मात्रै पठनपाठनमा सहभागी हुन पाउने उसले जनाएको छ ।
अफगानिस्तानको उच्च शिक्षा मन्त्री अब्दुल बकी हक्कानीले आइतबार शिक्षा सम्बन्धमा नयाँ नीति ल्याउन लागेको पत्रकार सम्मेलनमा जानकारी गराउँदै यसप्रकारको धारणा राख्नुभएको हो । २० वर्षपछि तालिबान नेतृत्वको सरकारको पुनरागमन हुँदा महिला अधिकारबारे थुप्रै संशय उब्जिएको थियो । तालिबानको पछिल्लो शासनकालमा महिलाको पठनपाठन र पेशा ब्यवसाय गर्न पाउने अधिकारबाट बञ्चित गरिएको थियो ।
हक्कानीले बिगत्को भन्दा महिला अधिकारमा तालिबान उदार हुने दाबी गर्नुभयो । यद्यपि महिलालाई खेलकूद गतिविधिमा सहभागी हुन रोक लगाइएको छ । महिलालाई लक्षित गरी सञ्चालनमा रहेको विश्वविद्यालयका लागि पनि केही संहिता तयार गरिने उहाँले बताउनुभयो । महिलाले पढ्न जाँदा टाउको र अनुहार अनिवार्य रुपमा छोप्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले केटा र केटीलाई सँगै पढ्न अनुमति दिने छैनौं ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?