logo
२०८१ मंसिर १३ बिहीवार



अफगानिस्तानको पाठ्यक्रम ‘शरिया’ कानुन बमोजिम हुने

अन्तर्राष्ट्रिय |


अफगानिस्तानको पाठ्यक्रम ‘शरिया’ कानुन बमोजिम हुने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २८ गते । अफगानिस्तानको शैक्षिक पाठ्यक्रम शरिया कानूनमा आधारित रहेर तयार गरिने भएको छ । तालिबान नेतृत्वको सरकारले आइतबार शरिया कानुनलाई अस्वीकार गरी सञ्चालनमा रहेको विश्वविद्यालयको पाठ्यक्रम हटाइने बताएको छ ।
उच्च शिक्षा सम्बन्धी कार्यवाहक मन्त्री शैष अब्दुल बाकी हक्कानीले भन्नुभयो, “इस्लामिक कानुन विरुद्ध रहेको सबै विषय पाठ्यक्रमबाट हटाइनेछ ।” हक्कानीले यसअघि छात्र र छात्रा एउटै कक्षाकोठामा पढ्ने स्वीकार्य नहुने बताउनुभएको थियो ।
गत् साता मात्रै नीजि विद्यालय तथा विश्वविद्यालयले पठनपाठन सुचारु गरेको छ । तर छात्र र छात्रालाई छुट्टाछुट्टै कक्षा कोठामा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?