गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । चीनको सिचुवान प्रान्तमा छ रिक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा हालसम्म तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चीनको सिचुवान प्रान्तको लुजियान काउन्टीको लुझौ शहरमा भूकम्प गएको बताइएको छ । लुजियान काउन्टीको फुजी क्षेत्रमा भूकम्पबाट तीन जनाको मृत्यु भएको एएनआईले उल्लेख गरेको छ । जमिनभन्दा १० किलोमिटरको गहिराइमा बिहान करिब साढे चार बजे भूकम्प गएको हो । प्रान्तीय सरकारले दोस्रो उच्च तहको आपतकाल प्रतिकार्य घोषणा गरेको छ ।