logo
२०८१ मंसिर १३ बिहीवार



भारतमा ३० हजार सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा ३० हजार सङ्क्रमित थपिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । भारतमा गएको चौबीस घण्टामा ३० हजार ५७० सङ्क्रमित पहिचान गरिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार थपिएकामध्ये १७ हजार ६८१ सङ्क्रमित केरला राज्यका छन् ।
भारतमा हाल तीन लाख ४२ हजार ९२३ सक्रिय सङ्क्रमित छन् । लगातार ८१ औं दिन भारतमा पचास हजारभन्दा कम सङ्क्रमित पुष्टि भएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड ३३ लाख ४७ हजार ३२५ पुगेको छ ।
गएको चौबीस घण्टामा ३८ हजार ३०३ सङ्क्रमित निको भएका छन् । हालसम्म तीन करोड २५ लाख ६० हजार ४७४ जना निको भएका छन् । गएको चौबीस घण्टामा ४३१ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना सङ्क्रमणले चार लाख ४३ हजार ९२८ जनाको मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?