logo
२०८१ मंसिर १२ बुधवार



मङ्गोलियामा कोभिड १९ सङ्क्रमित सङ्ख्या तीन लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


मङ्गोलियामा कोभिड १९ सङ्क्रमित सङ्ख्या तीन लाख नाघ्यो


उलान, बाटोर, असोज १३ गते । मङ्गोलियामा कोभिड १९ सङ्क्रमितको सङ्ख्या तीन लाख नाघेको छ । गत २४ घण्टामा २ हजार ५१५ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि कूल सङ्क्रमतिको सङ्ख्या तीन लाख एक हजार ४३४ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

मङ्गलबार यहाँ कोरोना सङ्क्रमणबाट ६० बर्ष भन्दा माथिका १९ बिरामीको मृत्यु भएको थियो । योसँगै मङ्गोलियामा कोरोनाबाट मृत्यु हुनेहरुको सङ्ख्या १ हजार १८५ पुगेको छ । मङ्गोलियामा करिब ३४ लाख अर्थात कुल जनसङ्ख्याको ६५ प्रतिशतलाई पूरा डोज खोप लगाइएको छ । यहाँँ कोभिड १९ नयाँ स्वरुपको रुपमा आएको डेल्टा भाइरसको सङ्क्रमण जारी छ । यहाँ दैनिक रुपमा २ हजारभन्दा बढी सङ्क्रमित र करिब २० जनाको मृत्यु हुने गरेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?