logo
२०८१ मंसिर १२ बुधवार



रुसी र टर्कीस राष्ट्रपतिबीच भेटवार्ता, सिरियाबारे कुराकानी

अन्तर्राष्ट्रिय |


रुसी र टर्कीस राष्ट्रपतिबीच भेटवार्ता, सिरियाबारे कुराकानी


मस्को, असोज १४ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानबीच भेटवार्ता भएको छ । उहाँहरुले पछिल्ला वर्षहरुमा रुस र टर्कीले गरेका सहकार्यहरुका बारेमा कुराकानी भएको बताइएको छ । उहाँहरुबीच पछिल्लो समयमा सिरियाल र लेबनानका विषयमा भएको सहकर्यका विषयमा कुराकानी भएको बताइएको छ ।

प्राप्त समाचारअनुसार उहाँहरुका बीचमा भएको कुराकानीले आगामी दिनमा पनि सो सहकार्यले निरन्तरता पाउने सहमति भएको बताइएको छ । रुस र टर्कीको संयुक्त सैन्य समूहले पछिल्ला केही वर्षयता सिरियामा सहकार्य गरिरहेको छ । सिरियामा अतिवादीहरुका विरुद्धमा यी दुई देशबीचको सेनाले संयुक्त सैन्य कारबाही पनि गर्दै आएको छ ।

सिरियामा जारी रहेको सैन्य र अन्य सहकार्य सफल रहेको निष्कर्ष पनि दुई नेताहरुले निकाल्नुभएको थियो । टर्कीका राष्ट्रपति एर्डोगानले रुसी राष्ट्रपति पुटिनसँग सैन्य, व्यापार तथा लगानीका अन्य विषयमा पनि कुराकानी भएको बताउनुभएको थियो ।

उहाँले लामो समयपछि भएको यो उच्चस्तरीय भेटवार्ता द्धिपक्षीय सम्बन्धको विकास र विस्तारका लागि ठूलो सहयोग पुग्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?