logo
२०८१ मंसिर १२ बुधवार



कोरोनाको खोप उपलब्धताका लागि आग्रह

अन्तर्राष्ट्रिय |


कोरोनाको खोप उपलब्धताका लागि आग्रह


संयुक्त राष्ट्रसङ्घ, असोज १७ गते । विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोनाविरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा आएका ती देशले विश्व नै महामारीको चपेटामा परेकाले विश्वका सबै देशहरुलाई नै महामारीबाट बच्ने अधिकार रहेको र यसका लागि खोपको उपलब्धता हुनुपर्ने बताएका हुन् । महासभामा आयोजना गरिएको एक बैठकमा विश्वका ती देशले कोरोना भाइरस महामारीको कुनै सीमा नरहेको र विश्वका देशहरुमा पनि एकनासले यसले प्रवेश गरेको भन्दै उनीहरुले सो आवाज उठाएका हुन् ।

उक्त बैठकमा चीन पनि सहभागी रहेको थियो । चीन कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने ठूला देशहरुमध्येको एक हो । सो बैठकमा चीनले पनि विश्वमा खोपमा समानता हुनुपर्ने बताएको थियो । राष्ट्रसङ्घमा चिनियाँ प्रतिनिधिले सो धारणा राखेका थिए ।

सो बैठकमा सहभागी भएपछि ती देशका प्रतिनिधिले कोरोना भाइरसलाई विश्वकै जनस्वास्थ्यको एक प्रमुख चुनौतीका रुपमा लिँदै त्यसका विरुद्धमा लड्न सबैको आवश्यक सहयोग रहेको बताएका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?