logo
२०८१ मंसिर १२ बुधवार



अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले

अन्तर्राष्ट्रिय |


अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले


फाजियाबाद, असोज १९ गते । अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६ सय जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ ।

ताजकिस्तानको सीमा क्षेत्रमा ती नागरिक विस्थापित भएर बसेका थिए । पछिल्ला दिनहरुमा उनीहरुको घर गाउँमा अवस्था सामान्य बन्दै गएपछि उनीहरु घर फर्किएको बादखसान प्रान्तका गभर्नर माल्भी अमेनुद्दिन मन्सुरले जानकारी दिएका छन् ।

उनका अनुसार अरु पनि सो प्रान्तबाट विस्थापित भएर अफगानिस्तानका विभिन्न भूभागमा पुगेका नागरिकले आफ्नो घर फर्किने तयारी गरिरहेको सूचना प्राप्त भएको छ । गत महिना भएको सत्ता विद्रोहका क्रममा भएका हिंसाका कारण यहाँका हजारौँ नागरिक घर छोडेर भागेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?