logo
२०८२ भाद्र १० मंगलवार



पाकिस्तानको बलुचिस्तानमा आएको भूकम्पमा परी २० जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


पाकिस्तानको बलुचिस्तानमा आएको भूकम्पमा परी २० जनाको मृत्यु


काठमाडाैं, असाेज २१ गते । पाकिस्तानको बलुचिस्तानमा विहान आएको भूकम्पमा परी कम्तीमा २० जनाको ज्यान गएको छ ।
विहान ५.९ रेक्टर स्केल म्याग्निच्युडको भूकम्पमा तीन सय भन्दा बढी घाइते भएका छन्।

पाकिस्तानको विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको अनुमान छ। भूकम्पका कारण घरहरू भत्किँदा च्यापिएर मानिसहरूको ज्यान गएको हो।

जीओ टेलिभिजन उदृत गर्दै करिब तीनसय जना घाइते भएका छन्। तीमध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?