logo
२०८१ मंसिर १२ बुधवार



सेनाको कारबाहीमा आइएस आतङ्ककारीको मृत्यु

अन्तर्राष्ट्रिय |


सेनाको कारबाहीमा आइएस आतङ्ककारीको मृत्यु


बगदाद, कात्तिक ११ गते । इराकको पूर्वी दियाला प्रान्तमा बुधबार इराकी सेनाले गरेको कारबाहीमा आठ जना आइएसका आतङ्ककारीको ज्यान गएको छ । यहाँको सेनाको आक्रमणमा परेर आइएसका कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ । सो आक्रमणमा परी अरु १० जना घाइते भएका छन् । दियाला प्रान्तका प्रहरी प्रवक्ताले सो जानकारी दिएका छन् ।

उक्त प्रान्तमा आइएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिंसात्मक क्रियाकलाप अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको बताइएको छ ।

इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीव्र पारेको बताएको छ । इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधि बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?