मस्को, कात्तिक २२ गते । रुसमा गएको २४ घण्टामा ३९ हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । साथै यो अवधिमा यहाँ एक हजार १७९ जनाको ज्यान गएको छ । यो समेतगरी यहाँ करिब ८८ लाख मानिसमा यो सङ्क्रमण देखिएको छ ।
त्यसैगरी यहाँ अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ । यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २.८१ रहेको पनि समाचारमा जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घण्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको बताएका छन् ।