जाकार्ता, कात्तिक २५ गते । इन्डोनेसियामा बिहीवार भूकम्प गएको छ । देशको पूर्वी प्रान्त पपुवा बारातमा बिहीबार सबेरै भूकम्प गएको हो । भूकम्पसम्बन्धी निकायले ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
ठूलो भूकम्प आए पनि आँधीको खतरा भने नरहेको अधिकारीहरुले जनाएका छन । त्यसैगरी अहिलेसम्म कुनै क्षतिको विवरण नआएको उनीहरुको भनाइ छ । स्थानीय समयानुसार बिहीबार बिहान ८ः४५ बजेतिर भूकम्प गएको हो ।