बेइजिङ, कात्तिक २८ गते । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले शनिबार जानकारी गराएको हो ।
उहाँहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गर्नुभएको भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले जानकारी दिनुभएको छ ।
यस फोनवार्ताका क्रममा चीन र अमेरिकाको द्विपक्षीय सम्बन्ध, दुई देशबीचको द्विपक्षीय व्यापारका साथै अन्य आपसी हितका साथै क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरुका विषयमा पनि उहाँहरुबीच कुराकानी भएको बताइएको छ ।चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उहाँहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ ।
सोही उच्चस्तरीय वार्ताको पूर्व सन्ध्यामा दुई देशका विदेशमन्त्रीबीच फोनवार्ता भएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिनुभएको हो ।