ओगादगु, कात्तिक ३० गते । बुर्किनाफासोमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । यस हमलामा परी २८ जना सैनिक मारिएका यहाँको सरकारका प्रवक्ताले जानकारी दिएका छन् । आइतबार र सोमबार भएका ती हमलामा परेर २८ जना सैनिक र अरु चार जना सर्वसाधारण नागरिकको ज्यान गएको हो । बुर्किनाफासोको सोउम प्रान्तको इनातामा आतंककारीले सैनिकमाथि हमला गरेका थिए ।
आइतबारको सो हमलामा २० जनाको ज्यान गएको थियो भने सोमबार थप १२ जना मारिएका बुर्किनाफासो सरकारका प्रवक्ता ओसेनी ताम्बुराले जनाएका छन् । उनका अनुसार सो क्षेत्रमा आतंककारीहरुले पछिल्लो समयमा बारम्बार हमला गर्ने गरेका छन् ।