logo
२०८१ मंसिर ११ मंगलवार



नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे

अन्तर्राष्ट्रिय |


नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे
सांकेतिक तस्बिर


लागोस, मङ्सिर १४ गते । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्रणबाट २५२ जना बन्दी भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए ।

उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरु २५२ जना भाग्न सफल भएको बताइएको छ । नाइजेरियाको कारागार अधिकारीहरुका अनुसार सो हमला कसले ग¥यो भन्ने बारेमाा केही खुल्न सकेको छैन ।कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुनसक्ने अनुमान गरिएको छ । पहिले पनि यहाँका जेलहरुमा यसरी नै पटक पटक हमला हुने गर्दथ्यो ।

यहाँका कारागारसम्बन्धी निकायका अधिकारीहरुले आक्रमणकारीहरुको खोजी जारी रहेको बताएका छन् । उनीहरुले जेलबाट भागेकाहरुको पनि खोजी कार्य प्रहरीले सुरु गरेको बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?