logo
२०८१ मंसिर १० सोमवार



पूर्वी चीनको तटमा मालवाहक जहाज डुब्दा चार जनाको मृत्यु, सात बेपत्ता 

अन्तर्राष्ट्रिय |


पूर्वी चीनको तटमा मालवाहक जहाज डुब्दा चार जनाको मृत्यु, सात बेपत्ता 


   
जिनान, डिसेम्बर १२ गते । पूर्वी चीनको शानडोङ प्रान्तको यानताई शहरको तटीय क्षेत्रमा आइतबार बिहान कार्गो जहाज डुब्दा बेपत्ता भएका चालक दलका सात सदस्यको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन्।    

दुर्घटना हुँदा चालक दलका १४ सदस्य सवार थिए । उद्धार ब्यूरोले बिहान ४:४३ मा उक्त दुर्घटनाको रिपोर्ट प्राप्त गरेको जनाइएको छ ।

हालसम्म तीन जनाको उद्धार गरिएको छ भने चार जनाको शव फेला परेको छ । बेपत्ता चालक दलका सदस्यहरुको खोजीका लागि उद्धार हेलिकप्टर र उद्धार जहाज पठाइएको छ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?