logo
२०८१ मंसिर ९ आईतवार



इन्डोनेसियामा शक्तिशाली भूकम्प, भौतिक संरचनामा ठूलो क्षति   

अन्तर्राष्ट्रिय |


इन्डोनेसियामा शक्तिशाली भूकम्प, भौतिक संरचनामा ठूलो क्षति   


    जाकार्ता, माघ गते । इन्डोनेसियामा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षती भएको छ ।  सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतीग्रस्त भएका छन् ।    
    
 भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरुले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् ।    
    
 इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा  ६.६ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् ।    स्थानीय समयअनुसार शुक्रबार बेलुका ४.०५ मिनेट भूकम्प आएको हो । इन्डोनेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?