logo
२०८१ मंसिर ९ आईतवार



भारतमा २४ घण्टामा दुई लाख ५८ हजारमा कोरोना पुष्टि

अन्तर्राष्ट्रिय |


भारतमा २४ घण्टामा दुई लाख ५८ हजारमा कोरोना पुष्टि


काठमाडौं, माघ ३ गते । भारतमा पछिल्लो २४ घण्टामा थप दुई लाख ५८ हजारभन्दा बढी मानिस कोरोना सङ्क्रमित भएका छन् ।

वल्डोमिटरस डट इन्फोको तथ्याङ्क अनुसार भारतमा २४ घण्टामा दुई लाख ५८ हजार ८९ जना कोरोनाबाट सङ्क्रमित भएका हुन् ।

त्यस्तै, वल्डोमिटरस डट इन्फोेका अनुसार भारतमा ३८८ जना सङ्क्रमितको मृत्यु भएको छ । सोही समयमा एक लाख ५१ हजार ७४० सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ३७ करोड ३८ लाख २५४ पुगेको छ । सङ्क्रमितमध्ये चार लाख ८६ हजार ४८२ जनाको मृत्यु भएको छ भने ३५ करोड दुई लाख ३७ हजार ४६१ सङ्क्रमणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?