logo
२०८१ जेष्ठ ५ शनिवार



अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरु

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरु
सांकेतिक तस्बिर


अफगानिस्तान, माघ २० गते । अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन् । उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरु दिइरहेका छन् ।

यस्ता सन्देशहरु दिँदै ती पुस्तकालयहरुले पुस्तक पढ्ने प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरेका छन् । यस्तै प्रतिस्पर्धाको आयोजना गर्‍यो हालै राजधानी काबुलको फायाजी पुस्तकालयले । सो प्रतिस्पर्धामा उक्त पुस्तकालयले पुस्तक पढ्दा वैज्ञानिक ज्ञानको विकास हुने, विश्वभरका सूचना पाइने तथा समाजको बारेमा धेरै कुरा थाहा हुने भएकोले पुस्तक पढ्नुपर्छ भन्ने सन्देश भरिएका सूचनाहरु ठाउँ ठाउँमा राखेको थियो ।

साथै शिक्षा, ज्ञान र सूचना बिना कुनै पनि देशको विकास हुँदैन भन्दै त्यहाँका पुस्तकालयका कर्मचारीहरुले यस्ता सन्देशहरु पढेर सुनाएका थिए । पुस्तकालयका कर्मचारीहरुले विशेष गरी युवावर्गलाई पढ्ने बानीको विकास गराई अघि बढाउन उनीहरुले यो प्रतिस्पर्धाको आयोजना गरेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?