logo
२०८१ जेष्ठ ५ शनिवार



अस्ट्रियामा हिमपहिरोमा परी ८ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


अस्ट्रियामा हिमपहिरोमा परी ८ जनाको मृत्यु
सांकेतिक तस्बिर


भियना, माघ २३ गते । पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले शनिबार जनाएको छ ।

शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ। अस्ट्रिया–स्विस सीमा नजिकै एउटा हिमपहिरोमा चार स्विडेनी स्कीयर र तिनीहरूका अस्ट्रियाली गाइड मारिएका हुन् ।

अधिकारीहरूले आइतबार थप हिमपहिरो हुने चेतावनी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?