logo
२०८१ जेष्ठ ५ शनिवार



पाकिस्तानमा कोरोनाका तीन हजार ३३८ जना नयाँ सङ्क्रमित

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा कोरोनाका तीन हजार ३३८ जना नयाँ सङ्क्रमित


इस्लामावाद, माघ २४ गते । पाकिस्तानमा पछिल्लो २४ घण्टामा तीन हजार ३३८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण ३८ जनाको मृत्यु पुष्टि भएको नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि)ले सोमबार जनाएको छ ।

पाकिस्तानमा कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या १४ लाख ६३ हजार १११ पुगेको छ । हालसम्म १३ लाख ४४ हजार ४०३ जना कोरोना मुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ हजार १९२ मा झरेको थियो, जसमा एक हजार ६८४ गम्भीर अवस्थामा रहेका बताइएको छ ।

एनसीओसीका अनुसार आइतबार भाइरससँग लड्दै ३८ जनाको मृत्यु भएसँगै कूल मृतकको सङ्ख्या २९ हजार ५१६ पुगेको हो । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त कोरोनाको अत्यन्त प्रभावित क्षेत्र हो । यहाँ पाँच लाख २ हजार २६२ कोरोना सङ्क्रमित भएका छन् । त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा ४ लाख ८९ हजार ६५५ जना सङ्क्रमति भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?