logo
२०८१ जेष्ठ ५ शनिवार



सोमालियामा खडेरीका कारण भोकमरी भएको राष्ट्रसङ्घको भनाइ

अन्तर्राष्ट्रिय |


सोमालियामा खडेरीका कारण भोकमरी भएको राष्ट्रसङ्घको भनाइ


मोगादिसु, माघ २५ गते । सोमालियामा भोकमरीका कारण ठूलो सङ्ख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा यहाँ ठूलो भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित भएको जनाएको हो ।

यहाँ अघिल्लो महिनामा नै ३२ लाख मानिसलाई भोकमरीले छोएको र यो महिना अरु मानिस थपिएको राष्ट्रसङ्घले जनाएको छ । भोकमरीकै कारण खाना र पानी खोज्नका लागि दुई लाख ७१ हजार मानिस त आफ्नो घर छोडेरै हिँडेको तथ्याङ्क राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।

यो जनसङ्ख्याका लागि आवश्यक मात्रामा सहयोगका लागि पनि सो एजेन्सीले सबै विदेशी समुदायलाई आग्रह गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?