logo
२०८१ जेष्ठ ५ शनिवार



अफगानिस्तानलाई मानवीय सहायतास्वरुप तीन करोड २० लाख अमेरिकी डलर प्राप्त

अन्तर्राष्ट्रिय |


अफगानिस्तानलाई मानवीय सहायतास्वरुप तीन करोड २० लाख अमेरिकी डलर प्राप्त


काबुल, माघ २६ गते । अफगानिस्तानले मङ्गलबार मानवीय सहायतास्वरुप तीन करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ ।

अफगानिस्तानको केन्द्रीय बैंकले मङ्गलबार सो जानकारी दिएको छ । अफगानिस्तानमा तालिबानी शासन सुरु भएपछि यहाँ विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन् ।

अफगानिस्तानलाई खाद्यान्न औषधि तथा अन्य आवश्यक सहयोग जारी रहेको र मङ्गलबार मात्र तीन करोड २० लाख अमेरिकी डलर बराबरको रकम सहयोग प्राप्त भएको सो बैंकले जानकारी दिएको छ ।

अफगानिस्तानका लागि विभिन्न देश र संस्थाहरुले सहयोग गरिरहेकामा मङ्गलबार पनि सो सहयोग आएको यहाँको केन्द्रीय बैंक एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ । सो बैंकले उक्त सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगका लागि आग्रह गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?