logo
२०८१ जेष्ठ ५ शनिवार



कोलम्बियाको पहिरोमा परी तीस घाइते

अन्तर्राष्ट्रिय |


कोलम्बियाको पहिरोमा परी तीस घाइते


बोगोटा, माघ २६ गते । कोलम्बियाको पहिरोमा परी ३० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था अत्यन्त गम्भीर भएको स्थानीय एक अधिकारीले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा पर्ने रिसाराल्डा अन्तर्गतको डोस्क्वेब्राडासमा घटना भएको हो । “त्यहाँ १४ जनाको मृत्यु भएको छ, अरु ३० जनाभन्दा बढी घाइते भएका छन् ।

घटनास्थलबाट अरु कैयौ बेपत्ता भएको र उनीहरुको खोजी कार्य भइरहेको सरकारका सचिव अल्भारो अरियसले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?