logo
२०८१ जेष्ठ ५ शनिवार



भारतमा नक्सलाइट हिंसामा उल्लेख्य कमी आएको सरकारको दाबी 

अन्तर्राष्ट्रिय |


भारतमा नक्सलाइट हिंसामा उल्लेख्य कमी आएको सरकारको दाबी 



नयाँ दिल्ली,  माघ २७ गते । भारतमा नक्सलाइटहरुले गर्ने गरेको हिंसामा पछिल्लो वर्ष उल्लेख्य मात्रामा कमी आएको हालै सार्वजनिक गरिएको एक रिपोर्टमा जनाइएको छ । यहाँ गएको १२ वर्षमा गतवर्ष अर्थात् सन् २०२१ मा त्यसअघिका वर्षको तुलनामा कम्तीमा पनि ७७ प्रतिशतले कमी आएको देखिएको हो ।

भारतको केन्द्रीय गृह मन्त्रालयले प्रकाशन गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । सो प्रतिवेदनमा सन् २००९ मा २ हजार २५८ जनाको नक्सलाइट हिंसाका कारण ज्यान गएकामा त्यसमा गतवर्ष ७७ प्रतिशतले कमी आएको छ ।

गतवर्ष यस हिंसामा परी ५०९ जना मात्र नागरिकको ज्यान गएको पाइएको छ । भारतको केन्द्रीय गृह राज्यमन्त्री नित्यादन्द रायले संसदमा बुधबार दिनुभएको जानकारीमा सो कुरा उल्लेख गरिएको छ ।

उहाँले पहिलेका वर्षहरुमा नक्सलाइट आन्दोलन भारतका ९६ जिल्लामा रहेकामा अघिल्लो वर्षसम्म आउँदा यो सङ्ख्या घटेर ४६ जिल्लामा सीमित रहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?