logo
२०८१ जेष्ठ ५ शनिवार



रुसमा एक दिनमै २ लाखभन्दा बढी कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


रुसमा एक दिनमै २ लाखभन्दा बढी कोरोना सङ्क्रमित



मस्को, फागुन १ गते । रुसमा गएको २४ घन्टामा धेरै सङ्क्रमित देखिएका बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ शनिबार मात्र दुई लाखभन्दा बढी सङ्क्रमित देखिएका जनाएको छ । यहाँ पछिल्ला केही दिनहरुमा बढी मात्रामा र अहिलेसम्मकै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिने गरेका छन् ।

यहाँ हरेक दिन अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी सङ्क्रमित देखिने गरेका स्वस्थ्य अधिकारीहरुले जनाएका छन् ।

यहाँ अहिलेसम्म एक करोड ३९ लाखभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका बताइएको छ । त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घन्टामा नै कम्तीमा पनि ७२९ जना सङ्क्रमितको निधन भएको छ ।

यो समेतगरी यहाँ अहिलेसम्म तीन लाख ३९ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी सङ्क्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?